Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

Temporary Closure of VFS GLobal until Further Notice/ भि.एफ.एस. ग्लोबल आज मार्च २३ सोमबारदेखि बन्द

March 23, 2020 1147
भि.एफ.एस. ग्लोबल आज मार्च २३ सोमबारदेखि बन्द भएको छ । भि.एफ.एस. ग्लोबलले अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने जानएको छ ।
भि.एफ.एस. ग्लोबल युके अस्ट्रेलिया क्यानडन डेनमार्क नर्वे फ्रान्स इटाली लगायतका  देशहरुको भिसा आवेदन केन्द्र हो ।
भि.एफ.एस. ग्लोबलका विभिन्न भिसा आवेदन केन्द्रहरुले पनि अलग अलग सूचना प्रकाशित गरी बन्द रहने जानकारी गराएको छ ।
क्यानडा र अस्ट्रेलियाको भिसा आवेदन केन्द्र पनि यही मार्च २३ सोमबार देखि बन्द हुने जनाइएको छ ।
भि.एफ.एस. ग्लोबलले क्यानडाको भिसा आवेदन केन्द्र अप्रिल ३, २०२० शुक्रबारसम्म बन्द रहने बताएको छ भने अस्ट्रेलियाको भिसा आवेदन केन्द्र भने अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाएको छ ।
कोभिड १९ ले सिर्जना गरेको हालको विषम परिस्थितिमा नेपाल सरकारले जारी गरेको निर्देशन बमोजिम भि.एफ.एस. ग्लोबलले उक्त भिसा अप्लिकेसन सेन्टर बन्द गरेको हो । भि.एफ.एस. ग्लोबलले आज एक सूचना प्रकाशित गरी उक्त जानकारी दिएको हो । अप्रिल ३ पछि पनि क्यानडाको भिसा आवेदन केन्द्र आउनुअघि भि.एफ.एस. ग्लोबलको सूचना केन्द्रमा सम्पर्क गरी वा वेवसाइट हेरेर मात्र केन्द्रमा आउन अनुरोध गरिएको छ ।
यसैबीच भिसा गाइड नेपाल पनि अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने जनाइएको छ । साथै कुनै विशेष अवस्था रहेमा फेसबुक पेज तथा फोनका माध्यमबाट सेवा उपलब्ध गराइने जानकारी पनि भिसा गाइड नेपालका प्रमुख दिनेशराम डंगोलले दिनुभयो ।
 
Temporary Closure of VFS GLobal until Further Notice
VFS Global is closed from 23 March 2020. It will remain closed till further notice. It is the center of visa application for UK, Australia, Canada, Denmark, Norway, France, Italy, Malta, and Ireland in Nepal.
It's different visa application center also have published separate notice to inform about the temporary shutdown.
VFS Global's the Canada and Australian Visa Centre, Kathmandu will also remain closed from Monday 23 March 2020.
The Canada Visa Center will close till Friday 3 April 2020 whereas Australian Visa Center will remain shut down until further notice.
Following the notification of Nepal government VFS Global Nepal has closed the center. Due to the ongoing Covid-19 outbreak, Nepal Government has given notification of total lock down in the country. Publishing an important notice VFS also has requested to contact its call center team or visit website before visiting visa application center after Friday too.