भुपु व्रिटिस गोर्खाकी चेली कमलाको आमासँगै वेलायतमा बस्ने सपना पुरा
April 11, 2021 2097

बेलायतको सामाजिक सुरक्षा नीति अनुरुप आमाका लागि सुविधा हुने, त्यहाँ रहेका आफन्तले आवश्यक सहयोग गर्ने वचन र आफृ पनि पुन: अप्लाइ गरी जान पाइने आशामा कमलाले पहिले आमालाई बेलायत पठाएकी थिइन् । तर आमा बेलायत पुगेपछि अवस्था सोचे जस्तो भएन । त्यसैले यता छोरी कमला चिन्ता र तनावमा रहिन् । यसैबीच पनि कमलाले हार नमानी धैर्यतापूर्वक भिसा गाइड नेपाल तथा युकेस्थित एभेरेष्ट ल सोलिसिटरको सहयोग लिइ बेलायतL अदालतमा अपिल गरिन ।
बेलायती अदालतले कमलाकी वृद्धा आमाको अवस्था र आमा छोरीबीचको सम्बन्धलाई हेरी अन्तत: कमलालाई पनि बेलायतमा बसोबासका लागि अनुपति दिएको छ । यसले कमला र उनीकी आमाकोसँगै बस्ने सपना मात्र पुरा भएको छैन, बेलायती अदालतप्रति भुपु व्रिटिस गोर्खाका परिवारमा आशा र विश्वास पनि सञ्चारित गरेको छ ।
हालै कमला युके पुगेर आमा संग भेटेको फोटो भिसा गाइड नेपाल लाइ पठाउनु भएको छ र फोटोमा कमला र आमा धेरै खुशी देखिनु हुन्छ। यसैबीच कमलाले आफ्नो मर्म बुझी सपना सकार पार्न सहयोग गरेको भनी भिसा गाइड नेपाल, युकेस्थित एभेरेष्ट ल सोलिसिटर तथा बेलायत अदालतप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गरेकी छिन् । साथै युकेमा आमाको हेरचाहमा सहयोग गर्नुहुने बेलायत नेपाली समुदायप्रति पनि आभार प्रकट गरेकी छिन् ।
यसरी आमा र छोरीको मिलन गराउदा उहाहरुको अनुहारमा देखिएको खुशी नै हाम्रो सफलताको प्रमाण हो। भबिस्यमा पनि यसरी खुशी छर्न जादै गर्न सकौं यहि नै हाम्रो इच्छा छ। कमलालाई सहयोग गर्न पाएकामा खुसीसाथ भिसा गाइड नेपाल कमला र उनकी आमाको सुस्वास्थ्य तथा सुखद भविष्यको कामना गर्दछ ।
यदि कोहि भू.पू. गोर्खा सैनिकका छोराछोरीहरु हुनुहुन्छ र अन्योलमा हुनु हुन्छ भने भिसा गाइड नेपाल (VISA GUIDE नेपाल) यहाँहरुलाई सहयोग गर्न तत्पर रहेको छ ।
सम्पर्क ठेगाना : भिसा गाइड नेपाल, अमृत मार्ग, ठमेल, काठमाडौँ (छायाँ सेन्टर अगाडी) फोन नं :
9818132000,
9823001100,
01-5902232