Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

भूपू ब्रिटिश गोर्खाको छोरा र नाति नातिनीले भिसा पाएपछि

December 30, 2021 3003
अहिले भूपू ब्रिटिश गोर्खाको छोराछोरीको युकेको  आबासिय भिसा अप्प्लाई गर्ने क्रम बढ्दो छ।  यहि क्रममा भूपू गोर्खा सैनिकका छोराको मात्र नभई नाति नातिनीको भिसा समेत सफल भएको छ।  

गुल्मीक शेर बहादुर पुन आफ्ना श्रीमती सहित बेलायतको आबासिय भिसा प्राप्त गरि २०१६मा बेलायत पुगेका थिए।  आफु बेलायेत्मा पुगे पनि आफ्नो छोरा र नातिनातिनिको भबिस्यको बारे सधैं चिन्तित रहनु हुन्थ्यो।  यहि क्रममा उहाले बेलायती अध्यागनको नियम बाहिर भुपु व्रिटिश गोर्खाका सन्तानहरुले बेलायती अदालतको निर्णयले बेलायतमा स्थायी बसोबास गर्न पाएका जानकारी पाएपछि  उहाले आफ्नो छोराको पनि भिसा आबेदन दिने निर्णय गर्नु भयो र धेरै ठाउमा सोधखोज गरेपछि आफ्नो छोराको भिसा आबेदनको लागि नेपाल स्थित भिसा गाइड नेपालको सहयोग लिई सन् २०१८ मा भुपु व्रिटिश गोर्खाका सन्तानका नाताले युके सेटल्मेटका लागि निवेदन दिन लगाउनु भयो ।  

पहिलो चरणमा बेलायतको भुपु व्रिटिश गोर्खा सम्बन्धी अध्यागमन नियम अनुसार पुनको निवेदन अस्वीकृत भयो । उनमा अझै बेलायती अदालतप्रतिको भरोसा र आस्था भने कायमै थियो । सोही अनुरुप उनले आफ्नो पारिवारिक अवस्थालाई दर्शाउँदै बेलायती अदालतमा एभरेस्ट ल सोलिसिटरको सहायतामा  अपिल गरे । अपिल गरेको केहि समय पछि भिसा गाइड नेपाल र  युकेको ल फर्म सोलिसिटरको छलफल पछि उहाको नाति र नातिनी को पनि भिसा आबेदन दिन लगाए।  उहाहरुको भिसा पनि अस्वीकृत भयो र नाति नातिनी को केस अपिल गर्नु भयो।  नातिनातिनिको अपिल केस छोराको अपिल संग जोडियो ।  कोरोनको कारणले गर्दा निर्णय हुन केहि समय लागे पनि अन्त्यमा भूपू गोर्खा सैनिक शेर बहादुर पुनको छोरा नेत्र बहादुर पुन र नाति शिखर पुन र नातिनी सबिना पुन को अपिल सफल भयो।  एभरेस्ट ल सोलिसिटरको बरिसठ सोलिसिटर राजु थापा अनुसार यसरि भूपू गोर्खा सैनिकको छोरा र नातिनातिनीको भिसा भिसा भएको यो नै पहिलो केस हो र येसैले यो कसलाई उहाले एतिहासिक सफलताको रुपमा लिनु भएको छ।  यसरी परिवारलाई भेट गराउने यस पावन कार्यमा सहयोग गर्न अवसर दिनुभएकामा शेर बहादुर, उहाको छोरा नेत्र र नातिनातिनिहरुलाई सधन्यवाद सफल जीवनको कामना गर्दछौं । 
यदि कोहि भू.पू. गोर्खा सैनिकका छोराछोरीहरु हुनुहुन्छ र अन्योलमा हुनु हुन्छ भने भिसा गाइड नेपाल (VISA GUIDE नेपाल) यहाँहरुलाई सहयोग गर्न तत्पर रहेको छ ।
सम्पर्क ठेगाना : भिसा गाइड नेपाल, अमृत मार्ग, ठमेल, काठमाडौँ  (छायाँ सेन्टर अगाडी)  फोन नं :
9823463346,
01-5902232