मासुको कारण भिसा नै रद्द!!!
November 03, 2019 218

सुंगुर प्रजातिका पशुमा लाग्ने सरूवा रोग अस्ट्रेलियामा हालसम्म नदेखिएको र भविष्यमा पनि यहाँ आउन नदिन आफूहरू लागेका कारण बिना घोषणा मासु लगायतका खाद्य पदार्थ बोकेर आउने यात्रुलाई कडा कारबाही हुने संघीय कृषि मन्त्री ब्रिजेट मकेञ्जीले बताएकी छिन।
तपाईं अस्ट्रेलिया आउँदै हुनुहुन्छ र छोरा छोरीको आग्रह र माया ममतामा परेर प्रतिबन्धित खाद्य पर्दाथ ल्याउनु भएको छ भने तपाईंको भिसा समेत रद्द हुनसक्ने’ सम्बन्धित निकायले स्पष्ट पारेको छ। नेपालबाट समेत अभिभावक आउँदा गुन्द्रुक, सुकुटी, तामा र मस्यौरा जस्ता खाद्य पर्दाथ ल्याउन निकै कडाइ गरिएको छ। बिना घोषणा ल्याएमा जरिवाना समेत गरिएको कैयौं उदाहरणहरू रहेका छन्।