Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

५४ बर्षीय बिर बहादुर पुनको आवासीय भिसा सफल !! Mr Bir Bahadur, aged 54 Yrs , successfully granted UK Settlement Visa

December 27, 2020 5765

वीर बहादुरको मरिसकेको आश

म्याग्दीका वीरबहादुर पुनले आमासँग सँगै बेलायतमा बस्न पाउँछु भन्ने आश मारिसकेका थिए । पुनकी आमा भुपु व्रिटिश गोर्खाकी विधवाका रुपमा सन् २०१० मा बेलायत पुगेकी थिइन्, जो अहिले ८१ वर्ष पुग्नुभयो । आमाको वृद्धावस्थामा सेवा गरी जीवन विताउने आशा वीर बहादुरले गरेका थिए । तर उमेरले ५४ वर्ष पुगिसकेका भुपु व्रिटिश गोर्खाका छोरा पुन बेलायतको भुपु व्रिटिश गोर्खा सम्बन्धी अध्यागमनको नियम अनुसार अयोग्य भइसकेका थिए । त्यसैले पनि उनले बेलायत पुग्ने विश्वास गर्न सकिरहेका थिएनन् ।

यसैबीच बेलायती अध्यागनको नियम बाहिर भुपु व्रिटिश गोर्खाका सन्तानहरुले बेलायती अदालतको निर्णयले बेलायतमा स्थायी बसोबास गर्न पाएका जानकारी पाएपछि  वीरबहादुरमा बेलायत जान पाउने आशा जाग्यो । र वीरबहादुरले भिसा गाइड नेपालको सहयोग लिई सन् २०१८ मा भुपु व्रिटिश गोर्खाका सन्तानका नाताले युके सेटल्मेटका लागि निवेदन दिए ।

पहिलो चरणमा बेलायतको भुपु व्रिटिश गोर्खा सम्बन्धी अध्यागमन नियम अनुसार पुनको निवेदन अस्वीकृत भयो । उनमा अझै बेलायती अदालतप्रतिको भरोसा र आस्था भने कायमै थियो । सोही अनुरुप उनले आफ्नो पारिवारिक अवस्थालाई दर्शाउँदै बेलायती अदालतमा अपिल गरे । र बेलायती अदालतले उनको अपिललाई सकारात्मक रुपमा लिई बेलायतमा आई वृद्धा आमासँग बस्ने अनुमति दिएको छ । पुनको धैर्य र भिसा गाइड नेपाल तथा युकेस्थित एभरेस्ट ल सोलिसिटरको सहयोगले युकेमा रहनु भएकी वृद्धा आमासँग छोरा वीर बहादुरको मिलन हुने भएको छ । उनी यसै महिना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका छन् ।

आमा छोरालाई भेट गराउने यस पावन कार्यमा सहयोग गर्न अवसर दिनुभएकामा वीर बहादुरलाई सधन्यवाद सफल जीवनको कामना गर्दछौं ।

यदि कोहि भू.पू. गोर्खा सैनिकका छोराछोरीहरु हुनुहुन्छ र अन्योलमा हुनु हुन्छ भने भिसा गाइड नेपाल (VISA GUIDE नेपाल) यहाँहरुलाई सहयोग गर्न तत्पर रहेको छ ।

सम्पर्क ठेगाना : भिसा गाइड नेपाल, अमृत मार्ग, ठमेल, काठमाडौँ  (छायाँ सेन्टर अगाडी)  फोन नं :
9818132000,
9823001100,
01-5902232

 
 



















 
 

Mr Bir Bahadur, aged 54 Yrs, successfully granted UK Settlement Visa. EX British Gurkha, Former British Gurkha, Bhupu Gorkha Sainik, Success Story