Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

भूपू व्रिटिश गोर्खा सैनिक विधवाको ८ जना छोराछोरीको यूकेको भिसा सफल!!!!

March 31, 2020 11904
सन् २०१५ यता बेलायत सरकारले व्रिटिश गोर्खा सैनिकमा कम्तिमा ४ वर्ष सेवा गरेका भू.पू. गोर्खा सैनिक,  तिनका श्रीमती र ३० बर्ष सम्मका छोराछोरी हरुलाई आवासिय भिसा (Settlement Visa ) प्रदान गर्दै आएको छ। त्यसो त बेलायत सरकारले भूपू गोर्खा सैनिकका ३० वर्ष नाघेका छोरा छोरीहरुलाई पनि आवासिय भिसा (Settlement Visa ) दिंदै नदिएको भने होइन तर ज्यादै मुश्किलले भिसा दिने गरेको छ । भूपू गोर्खा सैनिकका ३० वर्ष नाघेका छोराछोरीहरुको भिसा आवेदन सहज नरहेको, भिसा आवेदनका लागि परामर्श गर्ने भरपर्दो संस्थाको सम्पर्क नरहेको, भिसा आवेदनको नतिजा सकारात्मक नरहेको, भिसा आवेदन शुल्क महँगो भएको, भिसा रिजेक्ट भएपछि अपिल गर्ने प्रक्रिया थाहा नभएको लगायतका कारणले यूकेको भिसा आवेदन दिएर बसेकाहरु पनि अन्योलमा रहेका छन् र भिसा आवेदन दिन योग्यता पुगेकाहरुसमेत पनि दोमन गरेर बसेका छन् ।
हालै भिसा गाइड नेपाल  (VISA GUIDE NEPAL ) को सहयोगमा भिसा आवेदन दिएका भूपू गोर्खा सैनिकका ८ जना छोरा-छोरीहरुले भिसा प्राप्त गर्न सफल भएका छन्। उहाँहरुको  यस सफलताले यूकेको भिसा आवेदन दिएर निरास भएका र दोमन गरेर बसेकाहरुलाई केही आशाका किरणहरु देखाएको छ ।

भूपू गोर्खा सैनिककी विधवा इन्द्र मायाका १० जना छोरा छोरीहरु छन् । उहाँको भूपू गोर्खा सैनिक श्रीमानको देहावसान सन् १९९८ मा भएको थियो र सन् २०११ मा एक नाबालक छोरा लिएर यूके जानु भएको थियो । पछि उहाँको अर्का छोरा पनि यूके जानुभयो । त्यसपछि नेपालमा रहेका अरु ८ जना छोराछोरीहरु अन्योलमा रहिरहेका थिए । यसै समयमा भिसा गाइड नेपालको सहयोगमा सबैको कागजातहरु तयार गरी ८ जना छोराछोरीले भिसा आवेदन दिनुभयो । बुवाको मृत्यु भइसकेको, आमा यूके जानुभएको पनि २ वर्ष भन्दा बढी समय भइसकेको र ८ जना मध्ये सात जनाको उमेर ३० वर्ष भन्दा माथि भएको कारण सबैको एकैचोटी भिसा लाग्न आशा थिएन । सन् २०१८ मा सबैको भिसा रिजेक्टसमेत भएको थियो । यसै परिस्थितिमा रहेका इन्द्रमायाका छोराछोरीहरुको भिसा प्रोसेसिङका लागि कागजातहरु राम्रो तरिकाले प्रस्तुत गर्न तथा अपिल प्रोसेसमा भिसा गाइड नेपाल र यूके स्थित एभरेस्ट ल सोलिसिटर (वरिष्ठ सोलिसिटर राजु थापा ज्युको )को सहयोगले उहाँहरुको भिसा आवेदन सफल भएको छ । उहाँका छोरा छोरीहरु नाम र जन्म बर्ष एस प्रकार रहेको छ
कमला (जन्म बर्ष १९६८) , भिसा पाउँदाको उमेर ५१  बर्ष
दिल  (जन्म बर्ष १९७१) , भिसा पाउँदाको उमेर ४८  बर्ष
गुण (जन्म बर्ष १९७२) , भिसा पाउँदाको उमेर  ४७ बर्ष
राजेस (जन्म बर्ष १९७६), भिसा पाउँदाको उमेर ४३ बर्ष
राज (जन्म बर्ष १९७७) , भिसा पाउँदाको उमेर ४२ बर्ष
राम (जन्म बर्ष १९८१) , भिसा पाउँदाको उमेर  ३८ बर्ष
राजेन (जन्म बर्ष १९८४ ) , भिसा पाउँदाको उमेर ३४ बर्ष
सचिन (जन्म बर्ष १९९१ ) , भिसा पाउँदाको उमेर २८  बर्ष
भवान (जन्म बर्ष १९८७ ), भिसा पहिले नै पाएको
सुरेन्द्र (जन्म बर्ष १९९५ ), भिसा पहिले नै पाएको
उहाँहरु जस्तै अन्योलमा रहनुभएका भू.पू. गोर्खा सैनिकका छोरा-छोरीहरु अरु पनि धेरै छन् र सही सरसल्लाह पाउन नसकेका कारण धेरैका सफल हुने केसहरु विग्रिएका पनि छन् ।
यदि कोहि भू.पू. गोर्खा सैनिकका छोराछोरीहरु हुनुहुन्छ र अन्योलमा हुनु हुन्छ भने भिसा गाइड नेपाल (VISA GUIDE नेपाल) यहाँहरुलाई सहयोग गर्न तत्पर रहेको छ । सम्पर्क ठेगाना : भिसा गाइड नेपाल , अमृत मार्ग , ठमेल, काठमाडौँ  (छायाँ सेन्टर अगाडी)  फोन नं : ९८२३४६३३४६ , ९८१८१३२००० , ९८२३००११०० । 9823463346 , 9818132000 , 9823001100 , 01-5902232