Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

AUSTRALIAN IMMIGRATIONले भिसा हुदा पनि नेपाल फिर्ता पठायो !!!

November 21, 2019 257
इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली नागरिकलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलमा प’क्राउ गरेको छ। अस्ट्रेलियाले सामान्यत एक बर्षे मल्टीपल भिषा प्रदान गर्ने गर्दछ (बुवा आमा लाइ १ बर्ष सम्म बस्न मिल्ने भिजिट भिसा प्रदान गर्ने गर्दछ ) र एक पटकमा तीन महिनाको बसाइको लागि मात्र अनुमती दिने गर्दछ | अस्ट्रेलियामा आफ्नो बसाइ लम्ब्याउन तीन महीनाको प्रारम्भीक बसाइ सकेपछि इन्डोनेसिया एक हप्ताका लागि गइ एकहप्ता पछी पुन: अस्ट्रेलिया मा छिरी भिसा ३ महिना भिषा थप्ने योजना सहित अस्ट्रेलिया पुगेका ति नेपालीहरुलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलमा प’क्राउ गरेको छ। उनीहरु अनुसन्धानको क्रममै रहेकाले नाम भने गोप्य राखिएको छ।
यसरी बिमानस्थलको अध्यागमनमा पक्राउ गरिएपछि भिषा रद्द गरिने र भिषा रद्द गर्नेबित्तीकै कुनैपनि मुलुकका नागरिक बिना प्रवेशाज्ञा बस्न नमिल्ने कानुनी प्रावधानलाई अनुशरण गर्दै कानुनत प्रहरी नियन्त्रणमा लिइने गरिन्छ ।